ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन विद्यादेवी भण्डारी चीन प्रस्थान

बिहिबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेकी छिन् ।

चीनको हपवे प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषय रहेको सम्मेलनमा विश्व शान्ति, बहुपक्षीयता, जलवायु परिवर्तन, दिगो विकास र कृत्रिम बौद्धिकतालगायतका विषयमा छलफल हुनेछ । भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

सुझावित समाचार