पिएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम, केही सरकारी वेबसाइट अस्थायी बन्द

बिहिबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । पिएचपी प्रविधिमा आधारित प्रणालीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सम्भावित क्षति रोक्न केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ।

पिएचपी मा देखिएका ‘PHP2Shell’ नामक सुरक्षा जोखिम (CVE-2026-109618 र CVE-2026-109619) लाई गम्भीर प्रकृतिको जोखिमका रूपमा उल्लेख गरिएको छ। यी जोखिमका कारण आक्रमणकारीले प्रयोगकर्ताको लगइनबिनै सर्भरमा कोड चलाउन सक्ने सम्भावना रहेको जनाइएको छ।

सम्भावित साइबर आक्रमण तथा क्षति रोक्न सावधानीस्वरूप केही सरकारी प्रणाली अस्थायी रूपमा बन्द गरिएको सम्बन्धित निकायले जनाएको छ। सुरक्षा प्याच लागू गर्ने तथा आवश्यक परीक्षण पूरा भएपछि प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने बताइएको छ।

बडादसैँको अवसरमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) र सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रणका लागि निरन्तर खटिएको जनाइएको छ।

प्रणाली अस्थायी रूपमा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति सम्बन्धित निकायले क्षमायाचना गर्दै धैर्य गर्न आग्रह गरेको छ।

सुझावित समाचार