काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । आजदेखि तीन दिन उनी पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
लामिछाने शुक्रबार धनगढी हुँदै भारतको उत्तराखण्ड जानेछन्। भ्रमणमा नैनीतालस्थित कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजा गर्ने कार्यक्रम छ ।