उदयपुरमा मादक पदार्थमा प्रतिबन्ध

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उदयपुरमा मादक पदार्थ ओसारपोसार, सेवनदेखि बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनभर प्रतिबन्ध लगाएको हाे।

कार्यालयले जारी गरेको सूचनामा निर्वाचन विश्वसनीय, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको परिपत्र र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिए।

उनका अनुसार कात्तिक २७ गतेदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्म प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ, ‘प्रतिबन्ध लगाइएको समयमा मादक पदार्थ, बिक्री–वितरण, ओसारपोसार र सेवन गरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।’
 

See More On

सुझावित समाचार