चुनावमा हेलिकोप्टर प्रयोग गर्न एमाले र कांग्रेसको निवेदन, ओलीले पाए अनुमति

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले नेकपा एमालेलाई हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको छ। भोलिदेखि सुरु हुन लागेको खुला प्रचारअन्तर्गत देशव्यापी चुनावी अभियानमा सहभागी हुन एमालेले मुख्य प्रचारक र प्रचारक तोकेर हेलिकोप्टर प्रयोगको अनुमति मागेको थियो। 

आयोगले एमालेलाई अनुमति दिएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए। एमालेले मुख्य प्रचारकमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ। उनीसँगै एकजना प्रचारकका रूपमा जान पाउनेछन्। 

सत्तारुढ कांग्रेसले पनि चुनाव प्रचारका लागि हेलिकोप्टर प्रयोगको अनुमति मागेको छ। बुधबार अपराह्न अनुमतिका लागि पत्र आएको र निर्णय भइनसकेको भट्टराईले बताए। कांग्रेसले मुख्य प्रचारकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेको छ। 

हेलिकोप्टर खर्च दलहरूको खर्च सीमामा जोडिनेछ। दलहरूको अधिकतम खर्च सीमा ५ करोड ५० लाख छ।

सुझावित समाचार