हालसम्म डेंगुबाट ४८ को निधन

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु संक्रमित भएका छन्। मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ। 

४६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई हजार दुई सय ८७ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

कोरोना संक्रमितको कुल संख्या १० लाख एक सय ९१ पुगेको छ। आज १७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।

अहिलेसम्म नौ लाख ८७ हजार चार सय ६१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या सात सय ११ छ। हालसम्म कोरोना संक्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन्। 

आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन्। 

See More On

सुझावित समाचार