फुर्सदमा जिम जान्छु : भूपेन्द्र थापामगर, खेलाडी

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

फुर्सदको समयमा जिम जाने गरेको छु । जिमले शारीरिक रूपमा फिट रहन सहयोग पुग्छ । तर, ट्रेनिङको समय भने जान्नँ । प्रतियोगिताका दौरान अलि धेरै समय दिएर ट्रेनिङ गर्नुपर्ने हुन्छ । बिहान र बेलुका ट्रेनिङमै व्यायाम हुन्छ । जसले गर्दा फिटनेसका लागि अन्य व्यायामको आवश्यकता पर्दैन । घरमै पनि म बक्सिङको ट्रेनिङ गर्छु । मुड चल्दा अरू एक्सरसाइज पनि गर्छु । 

ट्रेनिङबाट पर्किएपछि प्रोटिनयुक्त खानेकुरा धेरै खान्छु । हाम्रो शरीरलाई सन्तुलित भोजनको पनि आवश्यकता पर्छ । खानेकुरामा यही नै खानुपर्छ भन्ने छैन । तर, स्वस्थ रहन सन्तुलित खाना खान आवश्यक छ । यसका लागि म बिहानको समयमा चना र अन्डा खाने गर्छु । फलफूलमा स्याउ, केरालगायत मौसमी फलफूल अनिवार्य खान्छु । खानामा स्याउ अनिवार्य समावेश गर्छु । 

बदाम, काजु पनि खाने गर्छु । बिहानको खानामा भात, हरिया सागसब्जी, माछा, मासु, सलाद र दूध पनि खान्छु । डिनर (बेलुकाको खाना)मा प्रायः दालभात नै खान्छु । मलाई चिकेन मन पर्छ । खानामा चिकेन खान्छु ।

‘एक्सरसाइज’पछि सन्तुलित भोजन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । हामी शारीरिक रूपमा फुर्तिलो हुन आवश्यक छ । जसले दैनिक रूपमा समयतालिका बनाएर शारीरिक व्यायाम गर्दा राम्रो हुन्छ । घरमै आफूलाई सजिलो लाग्ने एक्सरसाइज गर्दा पनि हुन्छ । जिम सेन्टर जानुपर्छ भन्ने छैन । मर्निङ वाक र योगा मात्रै गरे फिट रहन सकिन्छ । 

सुझावित समाचार