अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका– ७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।  दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खर्ज्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । 

यसैबीच वर्षापछि आएको पहिराेको जोखिमले जिल्लाका २१ परिवारका ९६ जना विस्थापित भएका छन् । छत्रदेव गाउँपालिका ७ र ८ का ४६, मालारानी गाउँपालिका– ६ का ३५, सन्धिखर्क नगरपालिका– ६ का १३ र पाणिनी गाउँपालिका– ८ का दुईजना विस्थापित भएका हुन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराइएको रिजालले बताए । 

सुझावित समाचार