कांग्रेसले यस वर्षको दसैँ–तिहारमा चियापान नगर्ने

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले यस वर्षको दसैँ र तिहारलक्षित चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिनमा चियापानको आयोजना गर्ने गरेको थियो ।

यस वर्ष सोही दिन मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन भएकाले चियापानको कार्यक्रम नराखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

सुझावित समाचार