बाराको जितपुरमा बस दुर्घटना, ६ जनाको मृत्यु

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर–सिमरा– २२ काे तीन नम्बर पुलनजिकको मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गतेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो।
 
उद्धार कार्य चलिरहेको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेटौँडा ल्याइँदै गरेको प्रहरीले जनाएको छ।  घटनाको थप विवरण आउन बाँकी छ।

सुझावित समाचार