नक्सा पास गराउन एक लाख घुस, मलंगवाका इन्जिनियर र सुपरभाइजर पक्राउ

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउन एक लाख घुस लिने सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशलकुमार मधुकरलाई बर्दिवासबाट खटिएको अख्तियारको टोलीले घुससहित पक्राउ गरेको हो। उनीहरूको साथबाट स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँसमेत बरामद भएको अख्तियारले जनाएको छ।

मंगलबार पक्राउ परेका उनीहरुलाई बुधबार विशेष अदालतबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी अख्तियारले अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार