काठमाडाैं/ सरकारले विभिन्न तीनवटा ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस गरेको हो।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,’ बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने।