जगदम्बा मोटर्सले चाडपर्वलाई लक्षित गरी ‘कायापलट’ योजना सार्वजनिक गरेको छ । ‘कायापलट’ योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजनामा नकिन्दै एक लाख र किनेपछि १० लाखसम्म जित्न सकिने बताइएको छ ।
हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सी–३० स्मार्ट फोन जित्ने मौका पाउनेछन् । साथै, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँ नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ । यो योजनामा ‘बबाल फाइनान्स अफर’ पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा चार हजार दुई सय मासिक इएमआईमा ग्राहकले बाइक तथा स्कुटर किन्न सक्नेछन् । यो योजना देशभर सीमित अवधिका लागि मान्य हुने बताइएको छ । जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्येक मंगलबार लक्की ड्रमार्फत विजेता घोषणा हुँदै आइरहेको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत विराटनगरका मुरारी पाण्डेले नकिन्दै पाँच हजार र किनेपछि १० लाख नगद पुरस्कार जितिसकेका छन् भने जनकपुरका राजदेव मुखियाले शतप्रतिशत क्यासब्याक पाएको कम्पनीले जनाएको छ । यसैगरी, धापासीनिवासी भुजेन्द्रसरु मगरले पनि एन्टर्क १२५ रिएफआई स्कुटर खरिद गर्दा सय प्रतिशत क्यासब्याक पाएको बताइएको छ । कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्राहकले लाखौँको नगद उपहार पाएका छन् ।