महाअभियोग सिफारिस समितिको बैठक सुरु

शनिबार, १ असोज, २०७९
डिजिटल संस्करण

महाअभियोग सिफारिस समितिको बैठक सुरु भएकाे छ । बिहान ८:३० मा सुरु  हुने भनिएको बैठक झण्डै एक घण्टा ढिलो गरि सुरु भएको छ ।  

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने  बिहान ८:३० भन्दा केही मिनेट अघि नै आइपुगेका थिए । सांसदहरु आइपुग्न ढिलो भएकाले बैठक केही समय ढिलो गरि सुरु भएको हो ।

आजकाे बैठकमा जबरालाई बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोधिने छ ।  एक सय ७४ पृष्ठ लामो बयानको टिपोटमा जबराले शुक्रबार ६५ पृष्ठ रुजु गर्दै हस्ताक्षर गरेका छन् ।

अझै एक सय नौ पृष्ठ बयान रुजु गर्न बाँकी छ । शनिबार बयान रुजुसँगै प्रतिप्रश्न सकेर प्रतिवेदनको निष्कर्ष, निर्णय र सुझाव खण्ड तयार पारिनेछ । 

सुझावित समाचार