राष्ट्रिय सभाले आज नागरिकता विधेयक पारित गर्ने

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

विधायन समितिबाट आएको नागरिकता विधेयकमा बिहीबार छलफल गरेको राष्ट्रिय सभाले आज पारित गर्ने भएको छ । बिहीबार विधेयकमाथि छलफल नसकिएपछि आज पनि बैठक बोलाइएको छ । 

राष्ट्रपतिको चासो नियमावली समेट्ने गरी विधायन समितिबाट हुबहु आएको विधेयकलाई राष्ट्रिय सभाले पनि हुबहु पारित गर्ने भएको हो । विधेयकमाथिको छलफलमा प्रतिपक्षी एमाले सांसदहरूले विधेयकमा प्रादेशिक पहिचान, स्वघोषणाको विषय र वैवाहिक अंगीकृतमा सातवर्षे प्रावधान समेट्न माग गरेका थिए ।

सुझावित समाचार