काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकजाँचमा एक सय ४९ चालकलाई मापसेमा कारबाहीमा परेका हुन्।
त्यसमध्ये नौजना सार्वजनिक यातायातका चालक भएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। सार्वजनिक यातायातका चालकलाई पक्राउ गरी मुद्दा चलाउने गरिएको छ।
त्यस्तै, विशेष ट्राफिक चेकजाँचको क्रममा यान्त्रिक अवस्था ठिक नभएका ६० वटा, तीव्र गतिमा चलाउने ७६ वटा सवारीसाधनलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। दसैँको समयमा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ।