नेप्से परिसूचक २१.९७ अंकले गिरावट

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

मंगलबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार उच्च अंकले घटेको छ। बुधबार नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको हो। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.३६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंकले घटेको छ। बुधबार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँबराबरको कारोबार भएको छ। 

मंगलबारको भन्दा बुधबार कारोबार रकम भने सामान्य बढेको छ। मंगलबार १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँबराबरको कारोबार भएको थियो। बुधबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी घटेको देखिन्छ।

सुझावित समाचार