टेन्टभित्रै बित्यो भेरीका १४ परिवारको दसैँ, पहिरोले खोसेको घर फर्किने प्रतीक्षामा
दसैँको टीकाका दिन गाउँघरमा आफन्तको जमघट, निधारमा रातो टीका र शिरमा जमरासँगै खुसी साटासाट भइरहेको थियो। तर, जाजरकोटको भेरी नगरपालिका– २ का १४ परिवारको दसैँ भने टेन्टभित्रै बित्यो। गत साउन ३० गतेको पहिरोले घरबारविहीन बनाएका परिवारका बालबालिका टेन्टभित्रै गीतको तालमा नाचिरहेका थिए। उनीहरूको नाचगानमा दसैँको खुसी झल्किए पनि त्यसले घरबार गुमाएका परिवारको पीडा भने लुकाउन सकेको थिएन।
पहिरोले घरबारविहीन बनाएका छिमेकीका बालबालिका रमाएको देख्दा स्थानीय बिर्खबहादुर कार्कीलाई एकातिर खुसी लागिरहेको थियो भने अर्कोतिर आफ्नै चारजना आफन्त गुमाएको पीडाले मन भारी बनाइरहेको थियो।
एकैदिन देशका ६ जिल्लामा सवारी दुर्घटना, ६ जनाको मृत्यु
देशका विभिन्न ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकैदिन ६ जनाको मृत्यु भएको छ। रुपन्देही, नवलपरासी, कास्की, स्याङ्जा, कैलाली र काभ्रेमा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएका हुन्। प्रहरीका अनुसार कात्तिक ६ गते भएका दुर्घटनामा ट्र्याक्टर, मोटरसाइकल र स्कुटरसमेत संलग्न रहेका छन्।
रुपन्देहीको मायादेवी गाउँपालिका– ३, शुक्लौलीस्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीबाट लडेर एक मजदुरको मृत्यु भएको छ। लु.२त ४४२५ नम्बरको ट्र्याक्टरमा लेबर काम गर्ने ३६ वर्षीय प्रेमसागर धौडी ट्रलीबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई भीम अस्पताल भैरहवामा सामान्य उपचारपछि थप उपचारका लागि सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
कर्णाली याक्समा अनुबन्ध भएका टेस्टराष्ट्र पाकिस्तान टी– २० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन्। शनिबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्टस् प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए ।
क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दायाँहाते ब्याटर फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको हो । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय टिमका खेलाडी हुन् । बिहीबार कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । तलात पनि नेपाल आइसकेका छन् ।
हेटौँडामा श्रीमान् मृत र श्रीमती घाइते भेटिएको घटनामा आत्महत्या दुरुत्साहनको उजुरी
हेटौँडा उपमहानगरपालिका– ८, भावनामार्गमा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा भेटिएको घटनामा मृतककी श्रीमतीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी परेको छ ।
मृतक ४६ वर्षीय शंकर कार्कीका भतिज विशाल कार्कीले उनकी श्रीमती चरिमाया कार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका हुन् ।
शुक्रबार बिहान शंकर घरको दोस्रो तलामा फलामको डन्डीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनकी श्रीमती चरिमाया भने भान्साकोठामा घाइते अवस्थामा भेटिएकी थिइन् ।
दसैँ मनाएर उपत्यका फर्किने यात्रुको चाप बढ्यो
दसैँको बिदा सकिएसँगै काठमाडौं उपत्यका फर्किने यात्रुको संख्या बढ्न थालेको छ। यात्रु र सवारीसाधनको चाप बढेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको लाम देखिन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा–कलंकी, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप बढेको छ। दसैँ मनाउन उपत्यकाबाट बाहिरिएका यात्रु बिदा सकिएसँगै फर्किन थालेपछि नाकाहरूमा चहलपहल बढेको हो।
विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, १२२ देशमध्ये ७२औँ स्थानमा
विश्व भोकमरी सूचकांक (जिएचआई) २०२६ अनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। प्रतिवेदनले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाउँदै पछिल्ला वर्षहरूमा पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा सुधार भएको औँल्याएको छ।
प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०१८ मा नेपालको अंक १८.४ रहेको थियो। भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउने भएकाले नेपालको पछिल्लो नतिजाले भोकमरीको अवस्थामा सुधार भइरहेको संकेत गर्छ।
दक्षिण एसियाली मुलुकसँगको तुलनामा पनि नेपाल तुलनात्मक रूपमा राम्रो अवस्थामा देखिएको छ। श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा
देश गम्भीर राजनीतिक र आर्थिक संकटमा छ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको बताएका छन्। शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले जारी गरेको अपिलमा दुईतिहाइ बहुमतसहित गठन भएको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको उल्लेख गरेका छन्। उनले महँगीका कारण जनजीवन कष्टकर बन्दै गएको, बेरोजगारी बढिरहेको र युवाको विदेश पलायन गम्भीर समस्याका रूपमा देखिएको बताए।
यू–१९ एसिया कपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा
आगामी यू–१९ एसिया कपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
क्यानले बिहीबार सार्वजनिक गरेको टोलीले प्रतियोगितालाई लक्षित गर्दै आइतबारदेखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्नेछ। प्रशिक्षणका क्रममा खेलाडीहरूको प्रदर्शन, क्षमता र फिटनेसका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ।
रुकुमपश्चिममा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
रुकुमपश्चिमको बाफिकोट गाउँपालिका– २, स्वारामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ५:३० बजे स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकैको बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुंगाले टाउकोमा प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
यस्तो देखियो आधुनिक आकासे पुल (फोटोफिचर)
ललितपुरको कुसुन्तीमा अत्याधुनिक आकासे पुल निर्माण भइरहेको छ। पैदलयात्रीलाई सडक पार गर्न लिफ्टसहितको अत्याधुनिक आकासे पुल निर्माण भइरहेको हो ।