विराटनगरका रेस्टुरेन्ट व्यवसायी जंगलमा मृत फेला

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

विराटनगर । विराटनगरको कञ्चनवारीस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्री  जंगलमा मृत फेला परेका छन्। खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका छन्।

विराटनगर महानगरपालिका– ३ निवासी ५१ वर्षीय खत्री शनिबार अपराह्न  मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका हुन। प्रहरीका अनुसार खत्रीको शव जंगलको बिचमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।  

विराटनगरका खत्री विराटनगरदेखि ५० किलाेमिटर पूर्वउत्तरमा रहेको ग्रामीण क्षेत्रमा पर्ने कानेपोखरीको जंगलमा किन पुगे र उनको हत्या भएको हो कि आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको  मोरङ प्रहरी प्रवक्त्ता डिएसपी मकेन्द्र मिश्रले बताए ।  

सुझावित समाचार