एनपिएल अवधिभर त्रिवि परिसर प्रवेश गर्न परिचयपत्र अनिवार्य

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवधिभर त्रिभुवन विश्वविद्यालय परिसरभित्र प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ।

विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै प्राध्यापक, कर्मचारी एवं विद्यार्थीलाई परिचयपत्र बोक्न आग्रह गरेको हो। ९ कात्तिकदेखि ५ मंसिरसम्म त्रिवि क्रिकेट रंगशालामा सञ्चालन हुने एनपिएललाई मध्यनजर गर्दै यस्तो सूचना जारी भएको हो।

‘कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुन गैरहेको एनपिएल तेस्राे संस्करणको क्रिकेट खेल त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा हुने भएकाले त्रिवि परिसरभित्र प्रवेश गर्नुहुने सम्पूर्ण प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरूलाई आआफ्नो परिचयपत्र साथमा लिएर आउनुहुन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

सुझावित समाचार