काठमाडौं/ सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबिच बुधबारदेखि काठमाडौंमा सीमा सुरक्षाबारे समन्वय बैठक बस्ने भएको छ। बैठकमा भाग लिन एसएसबीका महानिर्देशक संजय सिंघल नेतृत्वको टोली मंगलबार नेपाल आउँदै छ।
हरेक वर्ष हुँदै आएको यस्तो समन्वय बैठकमा सीमा सुरक्षा र समन्वयका विविध विषयमा छलफल हुनेछ। नेपालको तर्फबाट बैठकको नेतृत्व सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलले गर्नेछन्।
गत वर्ष नवौँ समन्वय बैठक भारतमा भएको थियो।