मलका लागि महाकष्ट

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

चितवनको भरतपुर– ६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारीमा बिहीबार ४० बोरा युरिया मल थियो । तर, महिनौँदेखि पर्याप्त मल नपाएर हैरान दुई सयभन्दा बढी किसान लाइनमा थिए ।

भाग पुर्याउन नसक्ने भएपछि सहकारीले गोदामको ढोका नै खोलेन । लाइन बसेका किसान रित्तै घर फर्किन बाध्य भए । अहिले धान गोडेर युरिया हाल्ने समय हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले आइतबारयता स्थानीय तहको सिफारिसमा ११ हजार एक सय बोरा मल बिक्री केन्द्रहरूलाई दिएको छ । तर, मागभन्दा निकै कम मल आएपछि बिक्री केन्द्रहरूले किसानलाई मल बिक्री गर्न नै सकेका छैनन् । 

See More On

सुझावित समाचार