वार्षिकोत्सव अवसरमा मञ्जुश्रीले गर्‍यो रक्तदान

बुधबार, २८ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ मञ्जुश्री फाइनान्स लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरेको छ । फाइनान्सले गत शनिबार निःशुल्क स्वास्थ परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ५९ जनाले रक्तदान गरेका थिए भने एक सय २० जनाले निःशुल्क स्वास्थ्य परीक्षणको लाभ लिएका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यापार अधिकृतलगायतका प्रमुखहरूको उपस्थिति रहेको थियो । फाइनान्स बुधबारबाट स्थापनाको २०औँ वर्षमा प्रवेश गर्दै छ । 

सुझावित समाचार