काठमाडौं/ म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानमा तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । कम्पनीका अनुसार बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेडएफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोरजंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।
विजेता संजोग रिमालले भने, ‘क्यान खोल्दा यस्तो ठुलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइनँ । पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन । यसपालिको दसैँ म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो ।’ कम्पनीले सार्वजनिक गरेको योजनामा १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेडएफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एकजनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।
अभियानअन्तर्गत सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह थप बढेको कम्पनीले जनाएको छ । दसैँको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले आगामी दिनमा अझ धेरै उपभोक्ताको दसैँ विशेष बनाउने अपेक्षा गरिएको छ । कम्पनीले अभियान अझै जारी रहेकाले उपभोक्तालाई सहभागी हुन आग्रह गरेको छ ।