जुम्लाका विद्यार्थीलाई सिटिजन्स बैंकले दियो न्यानो कपडा

बुधबार, २८ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका– ७, रिनीमा रहेको सरस्वती माविका तीन सय विद्यार्थीलाई न्यानो स्विटर प्रदान गरेको छ । बैंकको जुम्ला शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई न्यानो स्विटर सहयोग गरेको हो ।

ग्रामीण भेगका विपन्न पृष्ठभूमिका विद्यार्थीलाई जाडोको समयमा विद्यालय जान सहयोग पुग्ने उद्देश्यले न्यानो स्विटर वितरण गरिएको बैंकले जनाएको छ । यस पहलबाट ग्रामीण भेगका विद्यालयको शैक्षिक कार्यक्रममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसालै मात्र नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लाटफर्म सञ्चालनमा ल्याएको छ । त्यस्तै, फ्रिलान्सरलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खातासमेत सुरु गरेको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधासमेत ल्याएको छ ।

सुझावित समाचार