एमाले जिल्ला सदस्यले कार्यकक्षमै कुटे वडाध्यक्ष

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ। उनीमाथि मंगलबार दिउँसो हेटौँडा ४ हुप्राचौरस्थित कार्यकक्षमै आक्रमण भएको हो। 

एमाले मकवानपुर सचिवसमेत रहेका सिग्देलमाथि एमाले जिल्ला सदस्य सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका हुन्। आफू कुटिएपछि वडाध्यक्ष सिग्देलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक कारबाहीका लागि उजुरी दर्ता गराएका छन्। दाेङ भने फरार छन्। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले सानु लामा दोङले आफूमाथि कुटपिट गरेको भन्दै वडाध्यक्ष सिग्देलले उजुरी दर्ता गरेको जानकारी दिए।
    
‘उजुरी दर्तालगतै हामीले सानु लामा दोङलाई पक्राउ गर्न खोजी गरिरहेका छाैँ। उनको मोबाइल अफ छ, घरमा छैनन् । उनी हाल फरार छन्,’ प्रवक्ता कार्कीले नयाँ पत्रिकासँग भने, ‘पार्टीगत विषयमा विवाद रहेछ। आफूमाथि हातपात भएकाले कारबाहीको माग गर्दै वडाध्यक्षले उजुरी दिनुभएको छ। कुटपिट गर्ने लामालाई हामी खोजिरहेका छौँ।’

सुझावित समाचार