बाग्लुङको निसीखोलामा टाउको नभएको शव फेला

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण

बाग्लुङको निसीखोलामा टाउको नभएको एक शव फेला परेको छ । निसीखोला गाउँपालिका– ४ झिवाखोला बजारनजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको हो । 

सुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन् भन्ने पुष्टि भएको हो । उनको टाउको भने भेटिएको छैन । स्थानीयले बिहान १० बजेतिर निसीखोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

युवाको टाउको चुँडिएको अवस्थामा रहेकाले कसैले हत्या गरेर खोलामा फालेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी टोली घटना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए
 

See More On

सुझावित समाचार