सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई शनिबार पक्राउ गरेको थियो। 

यसअघि प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान र उनीसँग देखिएको शंकास्पद कारोबारका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताए। 

उनी बिचौलिया दीपक भट्टका दाइ हुन्। दीपककै जोडमा उनी बोर्डको सिइओ बनेका थिए। अहिले दीपककै कारण उनी अनुसन्धानमा तानिएका छन्। 

इनमसँग मिलेर दीपकलाई छुटाउन विभिन्न निकायमा चलखेल गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा उनीसमेत पक्राउ परेका हुन्। 

सुझावित समाचार