सामुदायिक विद्यालयमा पढेका ८ जनालाई गाउँपालिकाले निःशुल्क प्राविधिक पढाउने

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण

आठराई त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने ७ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ। गाउँपालिकाले कक्षा ११ र १२ निःशुल्क रूपमा अध्ययन गराउने भएको हो।  

पालिकाले चाँगेस्थित छातेढुंगा माविमा अध्ययन गरेका ग्याल्बु शेर्पा र सपत तामाङ, चाँगे माविमा अध्ययन गरेका राजन मगर, सरस्वती मावि हाङपाङ अध्ययन गरेका सूर्यमणि दाहाल, दुर्गा मावि फूलबारी अध्ययन गरेकी गुञ्जन प्रधान, गुप्तेश्वर मावि फूलबारी अध्ययन गरेका निमा तामाङ र सरस्वती मावि रमितेमा अध्ययन गरेका सुमिना लिम्बूलाई उच्च शिक्षातर्फ प्राविधिक विषय अध्ययन गर्न वार्षिक जनही १–१ लाख रुपैयाँका दरले छात्रवृत्ति दिएको छ।

पालिका अध्यक्ष दिपेन पोमुलेका अनुसार उनीहरूलाई कोर्ष पूरा नभइञ्जेलसम्मका लागि वार्षिक रूपमा जनही १–१ लाख रुपैयाँका दरले छात्रवृत्ति दिइरहनेछ।

सुझावित समाचार