सुर्खेत प्रहरीले छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ । १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिकानिवासी बालिकाका बुबालाई प्रहरीले पक्राउ गरेको हो ।
यही साउन २६ गते घटना भएको भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिकालाई बलात्कार गरेको जानकारी आफन्तहरूले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको टोलीले पीडकलाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । पक्राउ पर्ने बाबुको परिचय भने खुलाइएको छैन ।
पीडित बालिकाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए । ‘छोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका उनका बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय छिन्चुले अनुसन्धानका लागि आइतबार म्याद थप गरेको छ ।’
उनीविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।
१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
सुझावित समाचार
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…
भूमिसम्बन्धी अध्यादेशः सुकमवासीलाई जग्गा वितरणको कानुनी अड्चन हट्यो
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले गत साता यससम्बन्धी अध्यादेश राष्ट्रपति कार्…