पानीको वितण्डा : ठाउँठाउँमा डुबान, प्रहरी प्रभाग काँडाघारीको मेस बगायो

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

गएरातिदेखि परेको अविरल वर्षाले प्रहरी प्रभाग काँडाघारीको एक तलाको सबै भाग डुबाएको छ । मेसको आधा भाग बगाएसँगै मेसभित्रका ग्यास, खाद्यान्न, भाँडाकुँडा, फर्निचरलगायत सबै सामान बगेका छन् ।

कार्यालयको पछाडिको भागमा रहेको तीनवटा मेस बगाएको प्रहरीले जनाएको छ । बिजुलीको लाइनमा क्षति पुगेपछि फोन पनि बन्द भएको छ।  क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, प्रहरीले खहरे राडाबाट दुईजना पुरुषलाई उद्धार गरेको छ । तीनवटा सानो र चारवटा ठूलो गाडीको पनि उद्धार गरेको प्रहरीले जनाएको छ । हरहर महादेवनजिकैको गाइगोठमा पाँच–सातजना अलपत्र मानिसको पनि उद्धार गरेको प्रहरीको भनाइ छ ।

विष्ट गाउँको एकतलासम्मको घर डुबानमा परेपछि प्रहरी खाद्यान्नसहित त्यहाँ पुगेको छ । बाढीले सुकुमबासी टोलका दुई टहरा भत्काएको छ मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार