सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेपछि कानुनी उपचारका लागि शाहले सर्वोच्चमा रिट दिएकी थिइन् । त्यसमाथि आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासको फाइल झिकाउने आदेश दिएको हो । सर्वोच्चले शाहलाई नियुक्ति गर्दा र हटाउँदाको सम्बन्धमा भएका निर्णयसम्बन्धी सक्कल फाइल तथा शाहको व्यक्तिगत फाइल झिकाएको हो ।
आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५-१२-१९ मा रि निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९-३-२४ मा न्यायपरिषदबाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फायल तथा निजको व्यक्तिगत फायल न्यायपरिषद् सचिवालयबाट पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने ।’
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणु १९ चैत ०७५ मा उच्च अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन् । योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषद्ले गत २४ असारमा उनलाई पदबाट हटाउन सिफारिस गरेको थियो ।
सो निर्णयविरुद्ध अदालत गएकी शाहले आफूलाई गलत ढंगले र गैरकानुनी रूपमा पदबाट बर्खास्त गरिएको दाबी गरेकी छिन् । सिटिइभिटीमा २० वर्ष कार्यरत रहँदा कानुन र न्यायसँग सम्बन्धित काम नगरेको तथा त्यो अवधिमा वकालत गरेका कुनै प्रमाण पनि पेस गर्न नसकेकाले आफ्नो अयोग्यता लुकाएको ठहर गर्दै न्यायपरिषद्ले बर्खास्त गर्न सिफारिस गरेको थियो ।
न्यायाधीशबाट शाहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
दसैँमा ६ दिन सरकारी अस्पतालमा ओपिडी सेवा बन्द हुने
इमर्जेन्सी तथा अत्यावश्यकीय सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बाढीले चार जलविद्युत् आयोजना प्रभावित : बुढीगण्डकी करिडोरका दुई पक्की पुल, दुई झोलुंगे पुल र एक बेलिब्रिज पनि बगायो
बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले निर्माणाधीन चार जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले आयोजनाका क्याम्प,…
काठमाडौं वडा नम्बर १३ का वडाध्यक्षविरुद्ध किर्ते र ठगी मुद्दा दायर
काठमाडौं/ काठमाडौंको वडा नम्बर १३ का अध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर भएको छ। काठमाडौंको ताहा…
बुढीगण्डकी बाढी : पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति
काठमाडौं/ बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीक…
कपनमा प्रधानाध्यापकमाथि कुटपिट, दुईजना पक्राउ
काठमाडौं/ कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सुन…
विराटनगरमा मुख्यमन्त्री सम्मेलन : संघीयता कार्यान्वयन र अधिकार बाँडफाँट मुख्य एजेन्डा
विराटनगर/ संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशको अधिकार बाँडफाँट, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदानप्रदा…