काठमाडौं/ बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हालसम्म ८२ जनाको उद्धार गरिएको छ। त्यसमध्ये ९ जना विदेशी नागरिक हुन्। बाढीले दुई–दुईवटा पक्की र झोलुंगे पुल बगाएको छ भने तीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
निजीतर्फ ४५ वटा घरमा पूर्ण र २७ वटा घरमा आंशिक क्षति भएको छ। ३४ वटा गोठ र तीन वटा सवारीसाधनमा क्षति भएको प्राधिकरणले जनाएको छ।