बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले बुधबार उनलाई पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बाँस्तोलाविरुद्ध आफ्नो कार्यालय तोडफोड तथा आफूविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीमा सोमबार जाहेरी दिएका थिए । प्रहरीले जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति पाएपछि उनीहरूको खोजी सुरु गरेको थियो । बाँस्तोलालाई धरानबाटै प्रहरीले पक्राउ गरेको हो । संयोजक नेपालीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार मेयर साम्पाङले राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको र सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको भनेर जाहेरी दिएका छन् ।
गत आइतबार बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरूको रकम हिनामिना भएको विषयमा छानबिन समितिको बैठकमा पीडितहरूलाई मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पीडितहरू आक्रोशित भएका थिए ।
मेयर साम्पाङकै कारण आक्रोशित भिडले मेयर साम्पाङविरुद्ध नाराबाजी, गालीगलौजसँगै उहाँको कार्यकक्षको सिसा तोडफोड भएको थियो । आन्दोलनमा सयौँ व्यक्तिहरूको सहभागिता रहेको थियो । बराह सहकारीबाट मागेर खानेदेखि प्रहरी, चिकित्सक, गृहणी, भूपू सैनिक, पत्रकार, कर्मचारीलगायत पीडित छन् । १५ हजारदेखि ३ करोडसम्म बचत गरेको पैसा पीडितहरूले लिन पाएका छैनन् ।
बराह ऋण तथा बचत सहकारीले बचतकर्ताहरूले राखेको करिब ८ अर्ब रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले संघर्ष समिति बनाएका थिए । बराहबाट पीडित ८ सय ८८ सेयर सदस्यको रूपमा हिसाब देखाएको छ । पीडितमध्येकै ८ हजार ७०० भन्दा बढीलाई भने सेयर सदस्यमा समेत राखेका छन् ।
सहकारीहरूले सेयर सदस्यहरूसँग मात्र कारोबार गर्न पाउँछन् । तर, बराहले नियतवश उनीहरूलाई सेयर सदस्य नै नबनाई कारोबार गरेको देखिन्छ । बराह ग्रुपको नाममा बराहले धरान, भेडेटार, चितवन, काडमाडौं, पोखरा, हङकङलगायत स्थानमा व्यवसाय गर्दै आएको छ । पछिल्लो समय बचतकर्ताको पैसा अन्य व्यवसायमा लगानी गरेपछि बचतकर्ताको रकम बराहले फिर्ता गर्न सकेको छैन ।
धरानका मेयरको उजुरीपछि बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता पक्राउ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्ष नियुक्त गरेपछि लुम्बिनीका स्थानीयद्वारा विरोध
भैरहवा/ आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि लुम्बिनीका स्थानीय आक्रोशित बनेका छन्। विवादित पात्र डोल्म…
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
तातोपानी नाका आजदेखि तीन दिन खुला चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउ…
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान
काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको…
दसैँ मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखनजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म…
तातोपानी नाका आजदेखि तीन दिन खुला
काठमाडौं । चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। दसैँको समयमा वस्तु तथा…
दीपक भट्टका दाइ पनि पक्राउ
काठमाडौं । बिचौलिया दीपक भट्टका दाइ सुशील भट्ट पक्राउ परेका छन्। दीपकलाई छुटाउन चलखेल गरेको प्रमाण भेटिएपछि उनी पक्राउ परेका …