छोराको कुटपिटबाट बाबुको मृत्यु

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

तेह्रथुममा आफ्नै छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । तेह्रथुमको छथर गाउँपालिका– ५ ठकुरी टोलका २४ वर्षीय छोरो टंक भण्डारीको कुटपिटबाट ५३ वर्षीय भक्तबहादुर भण्डारीको मंगलबार बिहान मृत्यु भएको हो ।  

प्रदेश १ प्रहरीले तेह्रथुम प्रहरीको सूचनाका आधारमा दिएको जानकारीअनुसार बाबुछोराको विवादपछि छोरा टंक भण्डारीले धान कुट्ने मुसल अचानक बुबाको टाउकोमा प्रहार गरेका थिए । मुसल प्रहारले घाइते उनको स्थानीय छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुबाको हत्या गर्ने  छोरा टंक  फरार रहेकाले  खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।  

सुझावित समाचार