काठमाडौं । आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ। गृहमन्त्री सुधन गुरुङले जाँचबुझ प्रतिवेदनका आधारमा शुक्रबार सो निर्णय गरेका हुन्।
दाहालले सुरक्षासम्बन्धी संवेदनशील सूचना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट बिचौलिया इनम सापकोटालाई दिएको खुलेपछि गृहले निलम्बन गरी जाँचबुझ थालेको थियो। एआइजी अञ्जनीकुमार पोखरेलले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्रीले उनलाई सेवाबाट हटाउने निर्णय गरेका हुन्।
प्रहरीमा यसरी एआइजी तहको कर्मचारीलाई विभागीय कारबाही गरेर सेवाबाट हटाइएको पहिलो घटना हो। 