तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको अभियोग छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन भोलि सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी छ ।
चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा करका दर हेरफेर गराउन अनधिकृत व्यक्तिलाई प्रवेश गराएको शर्मामाथि आरोप लागेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधिसभाको बैठकले समिति बनाएको हो ।
समितिले १७ दिन लगाएर छानबिन गरेपछि बिहीबार अन्तिम बैठक बसी प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा के छ भन्नेबारे समितिका सदस्यहरूले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् । उनीहरूले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने जानकारी मात्र दिएका छन् ।
गत २२ असारमा गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्यावधि पाएको थियो । तर, छानबिन नसकिएपछि प्रतिनिधिसभाले सात दिन म्याद थपेको थियो । विशेष छानबिन समिति बनाउनुअघि शर्माले २२ असारमा पदबाट राजीनामा दिएका थिए ।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तयार
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
४ हप्ता अघि
सुझावित समाचार
शुक्रबार १० बजेसम्मको प्रमुख १० खबर
भक्तपुरका धानबारीमा धान पाक्यो, किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर) भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा धानबाली पाकेर…
कोशी प्रदेशमा साताभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । कोशी प्रदेशमा आगामी साताभर मौसम बदली रहने तथा हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेक…
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । आजदेखि ती…
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते
सुनसरी । सुनसरीको कोशी गाउँपालिका– १, लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको…
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि भारत जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत भ्रमणमा निस्कने भएका छन्। शुक्रबारदेखि तीन द…
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
एनपिएलका सबै खेललाई आइसिसीको आधिकारिक मान्यता नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय…