भानुभक्तीय रचना वाचनमा सोनिमा श्रेष्ठ प्रथम

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

प्रतियोगितामा २२ विद्यालयका ४० विद्यार्थीकाे सहभागीता रहेकाे थियाे

२०९औँ भानुजयन्तीको अवसरमा कान्ति भैरव विद्यालयका पूर्वविद्यार्थीहरूको समूह मित्रताको जहाजले आयोजना गरेको भानुभक्तीय रचनावाचन प्रतियोगितामा मोक्षदा स्कुलकी सोनिमा श्रेष्ठ प्रथम भएकी छिन् । 

यस्तै ब्राइट फ्युचरका आशिष अधिकारी, रिम्स स्कुलकी सृष्टि चापागाईं क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन् । प्रोत्साहनस्वरूप सरस्वती माविकी दीपिका दाहाल, गोकर्ण माविकी कुसुम कुँवर र कान्ति भैरव गुरुकुल विद्यालयका केदार पौडेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

विजयीहरूले क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार पाएका थिए । प्रोत्साहनस्वरूप एक हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजकको भनाइ छ । २२ विद्यालयका ४० विद्यार्थी सहभागी प्रतियोगितामा युवाकवि बलराम दहाल, कवयित्री प्रभा भट्टराई र बाजुराम पौडेलले निर्णायकको भूमिका निभाएका थिए । 

सुझावित समाचार