विद्यालय सुधारमा लाग्न बालेनलाई शिक्षामन्त्रीको सुझाव

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई शैक्षिक संस्था सुधार गर्ने अभियानमा लाग्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार भएको छलफलमा मेयर साहलाई ‘हामी बनाउँछौँ हाम्रो विद्यालय अभियान’ सञ्चालन गर्न पौडेलले आग्रह गरेका हुन् । महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएकाले शैक्षिक गुणस्तरमा ध्यान दिन पौडेलले आग्रह गरे । 

उनले शिक्षकको कामलाई नियमित अनुगमन गरी विद्यार्थीको सिकाइमा सहयोग पुगे–नपुगेको ध्यान दिनुपर्ने बताए । दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको र विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्दा ध्यान दिनुपर्ने उनको भनाइ छ । 

मेयर साहले महानगरपालिकाभित्रका ९० विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमनको काम भइरहेको बताए । महानगरका विद्यालयमा स्मार्ट बोर्ड, लकर सिस्टम व्यवस्था गर्न उनले मन्त्रालयसँग ५० करोड रुपैयाँ बजेट माग गरे । 
 

सुझावित समाचार