आइजिपी विवाद मुद्दामा जवाफी बहस हुँदै

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीको आइजिपी विवाद मुद्दामा आज जवाफी बहस हुँदै छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने जनाइएको छ ।

मुद्दाको सुनुवाइ कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ । सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आइजिपीमा बढुवा गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  
 

सुझावित समाचार