विवादपछि यम बुद्धको सालिक आफ्नै तलबबाट बनाउने मेयर बालेन्द्रको घोषणा

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै तलबबाट –यापर यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन्। महानगरको बजेटबाट यम बुद्धको सालिक बनाउने निर्णय विवादमा आएपछि मेयर साहले आफ्नै तलबबाट बनाउने घोषणा गरेका हुन्।

'म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईंहरूको दिन शुभ रहोस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्। महानगरले यम बुद्धको सालिक निर्माणका लागि १५ लाख विनियोजन गरेको थियो।

सुझावित समाचार