महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई खानेपानी

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयमा खानेपानीको धारा निर्माण गरिदिएको छ । बैंकको झक्तपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चाँगुनारायण नगरपालिका बेँसीटोलको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरेको हो ।

एक कार्यक्रममा झक्तपुर शाखाका प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई निर्माण गरिदिएको बैंकले जनाएको छ । यस प्रकारको सहयोगले उक्त विद्यालयमा रहेका बालबालिकालाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरूको सरसफाइमा सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बैंकले जनाएको छ । बैंकले हाल प्रदेश १ मा पाँच, मधेस प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा दुई र सुदुरपश्चिम प्रदेशमा १७ गरी कुल एक सय तीन शाखामार्फत सेवा दिइरहेको जनाएको छ । 
 

सुझावित समाचार