नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा खानेपानीका लागि सयौँ स्थानीयले गरे श्रमदान

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान– २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुंगा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरू खटिएका हुन् ।

शनिबार सोही क्षेत्रमा वृक्षारोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब दुई सय ५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ ।

खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिएका छन् ।  पकुवाखोलाको पानी उपयोग गर्न यसको संकलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उनले जानकारी दिए ।

विशेषगरी खानेपानीको मुद्दा उठान गरी स्वतन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उनले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहेका छन् । 
 

सुझावित समाचार