कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ : नैनसिंह महर

बिहिबार, ९ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन्। 

बिहीबार राजधानीमा नेविसंघद्वारा आयोजित आगामी निर्वाचनमा भ्रातृ संस्थाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताए।

'पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व जाम छ,' उनले भने, 'युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सलबलाउन थालेका छन्। राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।'

राजनीतिप्रति युवाको आकर्षण बढाउन छिटोभन्दा छिटो भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्नेमा महरले जोड दिए। पदाधिकारीसहित पूर्ण आकारको कमिटी बनाउन नेतृत्व पंक्तिको ध्यानाकर्षण गराउँदै उनले यसो गरे मात्रै नयाँ परिस्थितिसँग प्रतिस्पर्धा गर्न सकिने बताए।

सुझावित समाचार