इम्बोस्ड नम्बरका लागि दिनभर लाइनमा, तीन दिनसम्म कुर्नुपर्ने बाध्यता ! (फोटोफिचर)

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउने तयारी गरेपछि यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणको भिड बढेको छ। गुर्जुधारास्थित कार्यालयमा मोटरसाइक तथा स्कुटरमा इम्बोस्ड नम्बर प्लेट राख्न सेवाग्राही बिहानैदेखि लाइनमा लागेका छन्।

सरकारले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेपछि यातायात कार्यालय पुगेका नागरिकले भने सास्ती व्यहोरेका छन्। बिहान ५–६ बजेदेखि लाइन बसेका सेवाग्राहीले साँझसम्म पनि पालो नपाएको गुनासो गरेका छन्। सेवाग्राहीले प्रत्येक कामका लागि फरकफरक स्थानमा रहेका कक्षमा जानुपर्ने अवस्था छ। नम्बर प्लेटमा राख्ने नटसमेत नमिले सेवाग्राही आफैँ बाहिर जानुपर्ने अव्यवस्थाका कारण तीन दिनमा पनि पालो पाउन गाह्रो रहेका एक सेवाग्राहीले गुनासो गरे।

सरकारले साउनअघि नै बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट लगाइसक्नुपर्ने र नलगाए कारबाही गर्ने सूचना जारी गरेपछि यातायात कार्यालयमा नागरिकको भिड लागेको हो।

सुझावित समाचार