नेपाली देवी–देवताका कथा र किंवदन्तीका २८५ कलाकृति प्रदर्शनीमा (तस्बिरहरू)

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

नेपाली देवी–देवतासँग जोडिएका पौराणिक कथा, लोककथा तथा दन्त्यकथालाई कलामार्फत प्रस्तुत गरिएको ‘नेपालका देवी–देवताहरू : लोर्स एन्ड लेजेन्ड्स’  कला प्रदर्शनी बिहीबारदेखि काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा सुरु भएको छ ।

प्रदर्शनीमा १५७ कलाकारका २८५ वटा कलाकृति राखिएका छन् । प्रदर्शनीमा राखिएका सबै कलाकृति बिक्रीका लागि समेत उपलब्ध रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा रहेको सबैभन्दा महँगो कलाकृतिको मूल्य ५६ लाख रुपैयाँ तोकिएको छ ।

नेपाल कला परिषद्को सहकार्यमा आयोजना हुँदै आएको यो प्रदर्शनी शृंखलाको तेस्रो संस्करण हो । यसपटकको प्रदर्शनीले नेपाली समाज र संस्कृतिमा गहिरो प्रभाव राख्ने देवी–देवतासम्बन्धी कथा, विश्वास र किंवदन्तीलाई विभिन्न कलाशैलीमार्फत प्रस्तुत गरेको छ ।

कलाकारहरूले परम्परागत धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समकालीन कलासँग जोड्दै आफ्ना सिर्जना प्रस्तुत गरेका छन् । प्रदर्शनीले नेपाली कला, संस्कृति, मिथक र लोकपरम्परालाई एउटै थलोमा बुझ्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनी २४ असोजसम्म सञ्चालन हुनेछ ।

सुझावित समाचार