अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने सवारीहरू बल्खुमा रोकिएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ ।
सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।










