भद्रकालीमा विश्वकर्माको पूजा (तस्बिरहरू)

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

आज असोज १ गते । विश्वकर्मा दिवस अर्थात् हातहतियार तथा मेसिनरी सामानको प्रमुख देवता विश्वकर्माको पूजा–आराधना गर्ने दिन। भगवान् विश्वकर्मालाई ब्रह्मान्डका प्रथम वास्तुकार, शिल्पी र निर्माणका देवताका रूपमा पुजिन्छ। असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजामा कलकारखाना, उद्योग, सवारीसाधन र मेसिनरी औजारहरूको सरसफाइ गरी विशेष पूजाआजा गरिन्छ। भगवान् विश्वकर्माको पूजाले श्रम र प्रविधिको सम्मान गर्दै कार्यक्षेत्रमा सुरक्षा र सफलताको कामना गर्दछ भन्ने धार्मिक विश्वास छ। विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ। यस अवसरमा काठमाडौंको भद्रकाली मन्दिरपरिसरमा विश्वकर्माको पूजा तथा दर्शन गर्न बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ। 

सुझावित समाचार