नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : अध्यक्ष ओली

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण
नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : अध्यक्ष ओली

फाइल फाेटाे ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाई तेलमा तारेको जेरीजस्तो भएको टिप्पणी गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफलका क्रममा बोल्दै अध्यक्ष ओलीले अर्थहीन भएको बताएका हुन्।

नीति तथा कार्यक्रमको कुनै दिशा नभएको उनले बताए। नीति तथा कार्यक्रमका एउटै बुँदामा पनि भनाइहरू बाझिएका र एक–अर्का बुँदाहरूको बीचमा अन्तरविरोध भएको उनले टिप्पणी गरे।

‘व्याकरणीय र वाक्य अशुद्धता। संगति नमिल्नु। चास्नीमा नडुबाएको, तेलमा मात्रै तारेको जेरी जस्तो–खल्लो। गुजुल्टिएको। अर्थ निस्किँदै ननिस्किने। आधा पेजको वाक्य कहाँबाट कहाँ एक ठाउँबाट सुरु हुन्छ, कहाँ जान्छ ? त्यसको प्रस्थान बिन्दु के हो ? आदि, मध्य, अन्त्य थाहा छैन। यो सरकार नै त्यस्तै छ। जेरी जस्तै गुजुल्टिएको, कतै गन्तव्य नभएको। कुनै नीति छैन कहाँ पुग्ने ?’ अध्यक्ष ओलीले भने।

सुझावित समाचार