सुरेन्द्र पाण्डेको प्रतिक्रिया– सरकारले कार्यान्वयन हुनै नसक्ने नीति तथा कार्यक्रम ल्यायो (भिडियोसहित)

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने दाबी गरेका छन् । पाण्डेले बजेट अपुग हुने तर्क गर्दै सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने प्रतिक्रिया दिएका हुन् । 

मंगलबार साँझ संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा पाण्डेले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २५ खर्ब बजेट चाहिने तर राज्यसँग विकास खर्च बढीमा ५ खर्ब मात्रै गर्न सक्ने अवस्था भएकाले यसको कार्यान्वयनमा जटिलता देखिएको दाबी गरे । 

उनले भने, ‘यसले राखेको लक्ष्यलाई जोड गरेर हाल्नुभयो भने अब हाम्रो विकास खर्च ४ देखि ५ खर्बको हुन्छ बढीमा । यसले २५ खर्ब माग गरेको छ । यसकारण कार्यान्वयन हुन्छ कि हुँदैन आफैँ बुझनुस् ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारले कार्यान्वयन हुन नसक्ने गरी नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे । उनले निर्वाचनलाई लक्षित गरेर सस्तो लोकप्रियताका लागि सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।

सुझावित समाचार